मतगणना बाँकी रहँदै एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

मतगणना बाँकी रहँदै काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल सँग एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका छन्   ।

अहिलेसम्म भएको मतगणनामा पौडेलले १४ हजार ८३ मत पाएका छन् । पोखरेलले ९ हजार ५ सय ४ मत मात्र पाएका छन् । उनीहरुबीको अन्तर ४ हजार ५ सय ७९ पुगेको छ ।

अहिले यस क्षेत्रको ३ हजार ५ सय ४९ मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा मतान्तर बढी भएका प्रदीप अनौपचारिक रूपमा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array