रसुवाबाट कांग्रेसका मोहन आचार्य फराकिलो मतले विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य फराकिलो मतले विजयी भएका छन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ९ हजार ६२१ रहेको छ । निर्माण व्यवसायी समेत रहेका ४६ वर्षीय आचार्य इन्जिनियर रहेका छन् ।

२०४८ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीति यात्रा आरम्भ गरेका कांग्रेसका जिल्ला स्तरका विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह गरेका नेता हुन् । २०७२ मा नेपाली कांग्रेस महासमिति सदस्य रहेका उनी २०७८ मा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array