कैलालीमा एक युवतीको बलात्कारपछि हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

कैलालीमा एक युवतीको बलात्कार गरेर  हत्या भएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ की एक किशोरीको बलात्कारपछि हत्या भएको हो । १७ वर्षीया भागरथी ढुंगालको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

ढुंगालको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । आइतबार साँझ साथीलाई भेट्न भनेर गएकी ढुंगाल सोमबार बिहान आफन्तले बेहोस अवस्थामा फेला पारेकाथिए ।

प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array