दोलखा सहित ८ जिल्लामा अझै हुन सकेन मतगणना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– दोलखा, स्याङ्जा, गुल्मी, डोल्पा, मुगु, हुम्ला, सुर्खेत, हुम्ला र बाजुरामा अझै मतगणना हुन सकेको छैन । निर्वाचन आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही प्रतिनिधिसभातर्फको निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको जनाकारी दिएको हो । आयोगका अनुसार मतपेटिका संकलन तथा पुनः मतदानको माग भएका कारण मतगणना हुन नसकेको जानकारी दिएको छ ।
दोलखा र स्यांजा २ मा मतपेटिका संकलन सकिएको छ भने गुल्मीमा एक स्थानको पुनःमतदान सकिएसँगै आजै राति १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको छ । यस्तै डोटी, मुगु, हुम्ला र बाजुरामा पनि मतपेटिका संकलन भइरहेको छ भने सुर्खेत १ मा पुनः मतदान सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array