पर्सा ४ (क) मा नेपाली कांग्रेसका शंकर चौधरी निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी निर्वाचित भएका छन् । पाँच दलीय सत्ता गठबन्धनको समर्थन पाएका चौधरीले निकटम प्रतिद्वन्दी नेकपा एमालेका जयप्रकाश थारुलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

यही क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्यसमेत रहेका चौधरी पुनः दोहोरिएका हुन् । उनले संविधान सभा सदस्यसमेत रहेका नेकपा एमाले पर्साका अध्यक्ष २ हजार ३४ मतले थारुलाई पराजित गरेका हुन् । चौधरीले ११ हजार ५ सय ८५ मत ल्याएर निर्वाचित हुँदा थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।

यो सँगै पर्सा जिल्लामा २ वटा प्रदेश सभा कांग्रेसले हात पारेको छ । यसअघि पर्साको क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसकै श्याम पटेल निर्वाचित भइसकेका छन् ।

ल्याएर निर्वाचित हुँदा थारुले ९ हजार ५ सय ५१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array