पर्सा २ (क) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – पर्सा निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट नेपाली कांग्रेसका उमेदवार श्याम पटेल मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी ( जसपा) का उमेदवार रामनरेशप्रसाद यादवलाई एक हजार ६५७ मतान्तरले पराजित गर्दै पटेल विजयी भएका हुन् ।

नेपाली कांग्रेस पर्साका पूर्वसचिव समेत रहेका पटेलले १३ हजार ७८४ मत पाएका छन् । यादवले १२ हजार १२७ मत ल्याएका छन् ।

जसपा पर्साका जिल्ला अध्यक्ष समेत रहेका यादवको यो दोस्रो हार हो । ०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पनि उनी कांग्रेसका राजेश्वरप्रसाद साहसँग १८० मतान्तरले पराजित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

Array