सुनसरी १ मा घण्टीलाई पछि पार्दै अघि बढे माओवादीका मुक्सामहाङ सुब्बा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पछि पार्दै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले अग्रता लिएका हुन् । यसअघि तामाङले अग्रता लिइरहेकी थिइन् ।

७ हजार ४३६ मत गणना हुँदा सुब्बाले १ हजार ५५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् । रास्वपाकी तामाङ १ हजार २८८ मत ल्याउँदै तेस्रो स्थानमा झरेकी छन् ।

स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १ हजार १५४ मत पाएका छन् भने राप्रपाका अशोककुमार राई अविरल १ हजार ५६ मत ल्याउँदै तेस्रो स्थानमा छन् । राप्रपाका राईले सुरुवाती अग्रता लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array