रोल्पामा माओवादीका वर्षमानको फराकिलो मतको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

रोल्पा–
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट दोब्बर भन्दा बढि मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मत गणना हुँदा ६ हजार ७६८ मत ल्याएका हुन् । एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत, राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् ।
यस्तै प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता जोखबहादुर महराले ५ हजार ८९० मत एमालेका एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २०४ मत र राप्रपाका पदमबहादुर थापाले ६८२ मत मात्रै पाएका छन् । यस्तै प्रदेश सभा २ बाट सत्ता गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत एमालेका प्रेमबहादुर घर्तीले १ हजार ९६८ मत ल्याउन सफल भएका छन् ।

माओवादी रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुनले ३ हजार ४९७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array