कात्तिक महिनामा बैंकहरुको निक्षेप वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन वृद्धि भएको छ । कात्तिक ४ गतेको तुलनामा कात्तिक ३० गते बैंकहरुमा रहेको निक्षेप २२ अर्ब रुपैयाँले बढेको देखिएको वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैकर्स संघले दिएको जानकारी दिएको छ । कात्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेकोमा गत कात्तिक ३० गते वाणिज्य बैंकहरुमा यस्तो निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको जानकारी दिएको छ ।
निक्षेप बढेको देखिए पनि कर्जा प्रवाह भने घटेको छ । कात्तिक ४ गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गत कात्तिक ३० गतेसम्ममा वाणिज्य बैंकहरुबाट भएको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुबाट प्रवाह भएको कर्जा ३ अर्ब रुपैयाँले घटेको हो ।
मासिक रुपमा हेर्दा बैंकहरुमा निक्षेप बढेको देखिए पनि यो महिना निक्षेप बढ्ने र घट्ने क्रम जारी रहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: