सप्तरी २ मा प्रदेशतर्फको दुवै सिटमा सीके राउत रहेको पार्टी विजयी, प्रतिनिधिसभामा पनि अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa
partinidhi

सप्तरी–
सप्तरी–२ को प्रदेशसभातर्फका दुबै सिटमा चन्द्रकान्क्त (सिके) राहुत उम्मेदवार जनमत पार्टीका उम्मेदवार विजयी भएका छन् । सप्तरी–२ को प्रदेशसभा क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिश कुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी भएका छन् । जनता समाजवादी पार्टीका शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् । साहले जम्मा ८ हजार २९२ मत पाएका छन् । यस्तै तेस्रोमा लोसपाका सरोज कुमार मण्डलले ६ हजार १३२ मत पाएका छन् ।
यस्तै प्रदेशसभातर्फको क्षेत्र नम्बर २ मा पनि जनमतकै महेश प्रसाद यादव विजयी भएका छन् । उनले १३ हजार ३२५ मतका साथ विजय हासिल गरेका हुन् भने माओवादी केन्द्रका उमेश कुमार यादवले ७ हजार २३ मत पाप्त गरेका छन् । सप्तरी २ को प्रतिनिधिसभातर्फको मतगणनामा पनि जनमतकै सीके राउतले फराकिलो अग्रता बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array