काठमाडौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्धि राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत ल्याएका छन् । माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकि छने ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याउँदा नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गरेका छन् । श्रेष्ठ यसअघिको निर्वाचनमा पनि काठमाडौँ क्षेत्र नम्बर ९ मा एमालेबाटै निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्