एकीकृत समाजवादीको ७ स्थानमा अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं–
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अघि रहेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले प्रतिस्प्रधी देखिएका छन् । एक स्थानमा स्वतन्त्र उमेदवारले समाजवादीलाई पछ्याइरहेको छ ।
एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहत–१ बाट अग्रता कायम गरिरहेका छन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय कुमार गुप्ताले ५८३९ मत प्राप्त गरिराख्दा अध्यक्ष नेपालले ६४३१ मत ल्याएका छन् । नेपाल र गुप्ताबीचको मतान्तर ५ सय ४२ रहेको छ ।
यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डेले धादिङ १ बाट लिड गरिहेका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले ५ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ३७१ मत प्राप्त गरेका छन् । मेटमणि चौधरीले दाङ १ बाट २०२६ मतले अग्रता कायम गर्दै गर्दा एमालेका शान्ता चौधरीले १ हजार ३०१ मत प्राप्त गरेकी छिन् ।

यस्तै, सल्यान १ बाट प्रकाश ज्वालाले ७ हजार १२९ मतले अग्रता कायम गर्दैगर्दा स्वतन्त्र उमेदवार राजेन्द्रबहादुर शाहले ३ हजार ७०२ मतसहित ज्वालालाई पछ्याइरहेका छन् । यस्तै, बारा ४ बाट कृष्णकुमार श्रेष्ठले २ हजार ३०५ मतसहित लिड गर्दै गर्दा एमालेका एकवाल मियाँले १ हजार ९३७ मतले पछ्याइरहेका छन् ।

यस्तै, अछाम १ बाट शेरबहादुर कुँवरले १०३१ मतसहित अग्रता कायम गर्दा एमालेका झपटबहादुर बोहोराले १ हजार ४५० मत प्राप्त गरेका छन् । उता डोटी १ बाट प्रेमबहादुर आलेले ४०४९ मतसहित अग्रता कायम गर्दै गर्दा एमालेका गौरीकुमारी ओलीले २ हजार ३९२ मतले आलेलाई पच्छ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array