कतारले चीनलाई २७ वर्षसम्म ग्यास आपूर्ति गर्ने सम्झौता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
मंगलबार कतारले चीनलाई २७ वर्षसम्म ग्यास आपूर्ति गर्ने बारे सम्झौता भएको छ । कतारका उर्जा प्रमुख साद अल–काबीले सोमबार रोयटर्सलाई कम्पनीले चीनको सिनोपेकसँग २७ वर्षको लागि ग्यास बिक्री र खरीद सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए। तरल प्राकृतिक ग्यास (एलएनजी) सम्झौताको इतिहासमा यो सबैभन्दा लामो समयको लागि गरिएको सम्झौता हो।
ुआज नर्थ फिल्ड ईस्ट परियोजनाको लागि पहिलो बिक्री र खरिद सम्झौताको लागि महत्त्वपूर्ण कोसेढुङ्गा हो, यो २७ वर्षको लागि चीनको सिनोपेकमा ४० लाख टनको सम्झौता हो।,ु काबीले सम्झौतामा हस्ताक्षर गर्नु अघि अन्तर्वार्तामा भने। नर्थ फिल्ड विश्वको सबैभन्दा ठूलो ग्यास क्षेत्रको एक हिस्सा हो जुन कतारले इरानसँग साझेदारी गरेको छ।

कतार इनर्जीले यस वर्षको सुरुमा नर्थ फिल्ड इस्टका लागि सम्झौताहरूमा हस्ताक्षर गरेको छ। यस्तै यसले उत्पादन क्षमता बढाउने भएको छ। कतारले हाल ७ करोड ७० लाख टन लिक्विफिकेशन क्षमतामा ग्यास उत्पादन गर्दै आएको छ। यस्तै कतारले यो क्षमतालाई २०२७ सम्ममा १२ करोड ६० लाख टन उत्पादन गर्ने योजना बनाएको छ। यो वार्षिक रुपमा उत्पादन हुने क्षमता हो।

प्रतिक्रिया दिनुहोस्

TAGGED: