आज बाला चतुर्दशीको दिन मन्दिर परिसरमा छरियो शतबीज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
मङ्सिर कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीको दिन नेपाली हिन्दुहरूले मन्दिर आसपास परिसरमा शतबीज छरेर तथा दीपदान गरेर मनाएका छन् । सोमबार बेलुकीदेखि नै मन्दिर क्षेत्रमा बसेका मानिसहरूले घाम उदाउनुपुर्व नै दीपदान र शतबीज छरेका छन् । यसरी बालाचतुर्दशी पर्वमा शतबीज रोपण गरेमा पितृ उद्धार हुने विश्वास गरिन्छ साथै बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहि आएको छ । पितृको नाममा सतबीज छर्ने र बत्ति बाल्लने परम्परा रहेको छ ।
यस्तै पशुपति क्षेत्रमा सुरुमा सप्तबीज धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेको गणेशमन्दिर नजिक आइपुगेपछि मूर्तिलाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गर्ने प्रचलन अर्को विशिष्टता हो ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: