काठमाडौं ३ (१) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा निर्वाचित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ ९१० मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

सोमबार राति सम्पन्न मतगणनामा लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २ हजार २८२ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

छिरिङले ४ हजार ५५८ मत प्राप्त गरेका छन् भने चुण्डीले २ हजार २७६ मत पाए।​ प्रदेशसभातर्फको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रमान लामा भने १ हजार ४१५ मत प्राप्त गर्दै तेस्रो भए।

यस क्षेत्रमा गठबन्धन नगरेको माओवादीका उम्मेदवार कपिलमुनी उप्रेतीले ३६६ मतसहित चौथो भए।

प्रतिक्रिया दिनुहोस्

Array