चितवन-२ मा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कार्यमै, रवि लामिछाने पछ्याउदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल २ हजार ३३१ मत ल्याई अग्रता कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने २ हजार २२७ मतका साथ दोस्रो स्थानमा रहेका छन् ।
मतगणनाको सुरुवाती चरणमा तेस्रो स्थानमा रहेका लामिछाने मंगलबार विहानबाट दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई पछि पारेका लामिछानेले पोखरेलसँगको मतान्तर पनि जम्मा १०४ को पुर्याएका छन् । श्रेष्ठले २०३६ मत सहित तेस्रो स्थान रहेका छन् । यस क्षेत्रको प्रतिस्पर्धा निकै रोचक बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array