बाग्लुङ २ मा माओवादी अगाडि, एमाले पछि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – बाग्लुङ क्षेत्र नं २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा पौडेलले एक हजार नौ सय नौ मत प्राप्त गरेका हुन्। प्रतिद्वन्द्वी नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेले एक हजार ३५ मत प्राप्त गरेका छन्।

- Advertisement -
Ad image

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन दुई हजार नौ सय ९५ मतसहित अग्रस्थानमा छन् भने उनलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले दुई हजार सात सय ५९ मतसहित पछ्याइ रहेका छन्।

साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर चार हजार दुई सय ८३ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन तीन हजार पाँच सय ६८ मतसहित दोस्रो स्थानमा रहेका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्