कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

कैलाली–
कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै गरेको छ । एउटा क्षेत्रमा भने नेकपा एमालेले कांग्रेसलाई पछि पार्दै अग्रता कायम गरेको छ ।सुरुवातदेखि क्षेत्र नम्बर १, २ र ३ मा अघि देखिएको नागरिक उन्मुक्ति पार्टीले तीन वटै क्षेत्रमा अग्रता कायम गर्न सफल भएको हो । क्षेत्र नम्बर १ मा १० हजार २५३ मतको गणनामा उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले चार हजार ५७८ मतका साथ अग्रता लिएकी छन् । उनलाई सुरुदेखि पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजार मत प्राप्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array