विश्वकप फुटबल: वेल्स र अमेरिकाबीचको खेल १-१ को बराबरीमा सकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – विश्वकप फुटबलमा इङ्ल्यान्ड र नेदरल्याण्ड विजयी भएका छन्। वेल्स र अमेरिकाबीचको खेल १–१ को बराबरीमा सकिएको छ।

सोमबार बेलुकी खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा इङ्ल्याण्डले इरानलाई ६–२ गोल अन्तरले हराएको हो। इङल्यान्डको जितमा बुकायो साकाले दुई तथा जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक–एक गोल गर्नुभयो। इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काउनु भएको थियो।

- Advertisement -
Ad imageAd image
राति नै भएको वेल्स र अमेरिकाबीचको खेल भने १–१ को बराबरीमा सकिएको छ। बराबरी भएसँगै दुवै टिमले एक एक अङ्क बाँडेका छन्। राति नै भएको खेलमा नेदरल्याण्डले सेनेगललाई २ शून्य गोल अन्तरले पराजित गरेको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्