मनाङबाट प्रतिनिधि सभा सदस्यमा २ हजार ५ सय ७५ मतसहित नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।
उनका निकट्तम प्रतिद्वन्दी एमालेका पोल्देन छोपाङ गुरुङले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।
यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए ।


प्रतिक्रिया दिनुहोस्