विश्वकप फुटबल: इरान इंग्ल्यान्डसँग ६- २ ले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – इंग्ल्यान्डले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६-२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे ।  जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे ।

इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।

खेलको ३५ औं मिनेटमा वेलिङघमले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।

खेलको ४४ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रता २-० को बनाए । पहिलो हाफको इन्जुरी समयमा स्ट्रर्लिङले गोल गरेपछि इंग्ल्यान्ड पहिलो हाफमा ३-० ले अघि रह्यो ।

खेलको ६२ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४-० को अग्रता दिलाए । ६५ औं मिनेटमा तारेमीले गोल गर्दै इरानलाई ४-१ को स्थितिमा ल्याए ।

खेलको ७१ औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका राषफोर्डले गोल गर्दै इंग्ल्यान्डलाई ५-१ को अग्रता दिलाए । मैदान प्रवेश गरेको एक मिनेट नबित्दै उनले गोल गरेका हुन् ।

खेलको ९० औं मिनेटमा सब्सिच्युडको रुपमा मैदान प्रवेश गरेका ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ६-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा तारेमीले पेनाल्टीबाट गोल गरेपनि इंग्ल्यान्ड ६-२ ले विजयी भयो । यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ ।

समूह ‘बी’ को इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array