स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेको विज्ञप्ति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं–
सोमबार नेकपा एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीले विज्ञप्ति जारी गर्दै पुनः मतदान गर्न माग गरेका छन् । स्याङ्जा, दोलखा र गोरखाका १० भन्दा बढी केन्द्रमा पुनः मतदान गर्न माग गरेका हुन् ।

स्याङ्जा–२ को चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्रमा सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेको एमालेको आरोप छ । यस्तै दोलखाको तामाकोशी गाउँपालिका–२ जफेको कालापानी, जामुने, मालु लगायतका केन्द्रमा पनि सत्ता गठबन्धन दलका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको आरोप छ ।
गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक र अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरी व्यापक धाँधली भएको पनि एमालेको आरोप छ ।
गोरखा क्षेत्र नम्बर १ को विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका(१ मान्वु, धार्चे(३ को पार्वती आधारभूत विद्यालयमा पुनः मतदान हुनुपर्ने एमालेको माग छ । गोरखा क्षेत्र नम्बर २ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलीकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्योज्योति मावि ताकु मतदान केन्द्रमा पनि पुनः मतदान गर्न एमालेले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: