महोत्तरी १ मा मतगणना सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ –  महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । क्रस मत सदर गर्ने सहमतिपछि मतगणना सुरु भएको हो । मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ । पहिलो पलक गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्र गणना हुने भएको हो ।

मतगणना प्रदेशसभा समानुपातिक, प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ एकसाथ मतगणना हुने भएको छ । १ बजे नै हुने भनिएको मतगणना क्रस मतलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो ।

- Advertisement -
Ad imageAd image
महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकामा १२ वटा वडा, बर्दिवास नगरपालिकामा १४ वटा र भंगाहा नगरपालिकामा ४ वटा वडा गरी ३० वटा वडा छन् ।

यस क्षेत्रका कूल ९८ हजार ४ सय ९७ मतदाता मध्ये ६५ हजार ४ सय १० जनाले मतदान गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्