इरानको कमजोर प्रदर्शन, पहिलो हाफमै इङल्याण्डले हान्यो ३ गोल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – फिफा विश्वकप फूटबलमा इंग्ल्याण्डले पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ । समूह चरणको खेल अन्तर्गत इरानविरुद्ध इंग्ल्याण्डले पहिलो हाफमै तीन गोलको अग्रता लिएको हो ।

इंग्ल्याण्डका लागि जुड बेलिंघम, बुकायो साका र रहिम स्टरलिङले गोल गरेका छन् । आक्रामक खेलेको इंग्ल्याण्डले १० मिनेटमा तीन गोल गरेको हो ।

यो खेल कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array