मोरङ ५ मा निर्दलीय उम्मेदवारको प्रारम्भिक अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

मोरङ ५ मा १७०० मत गणना हुदा निर्दलीय उम्मेदवार योगेन्द्र मण्डलले १३०० मत सहित अग्रता लिएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले ३०० र जसपा उम्मेदवार राजकुमार यादवले १०० मत पाएका छन् ।

अहिले मण्डलको घर भएको वडाको गणना जारी छ ।

मण्डल एमालेका बागी उम्मेदवार हुन् ।

यो क्षेत्रमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच तालमेल भएको  र एमालेले जसपाका राजकुमार यादवलाई उम्मेदवारी छाडेको थियो । त्यसपछि एमालेका नेता योगेन्द्र मण्डल निर्दलीय  उम्मेदवारी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array