काठमाडौं १ अपडेट: कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै रवीन्द्र मिश्रले बनाए अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् ।

यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array