दार्चुलामा मतदान गर्न गएका होटेल व्यवसायीको हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – दार्चुलाको व्यास गाउँपालिका- ४ डोकटमा एक होटेल व्यवसायीको हत्या भएको छ। खलङ्गा बजारमा होटेल व्यवसाय गर्दै आएका नरसिंह विष्टको हत्या भएको प्रहरीले जनाएको छ।

मतदान गर्न खलङ्गाबाट व्यास गएका बेला उनको हत्या भएको र शव सुनसेराको खोला किनारमा फेला परेको थियो।

मृतक विष्टका आफन्त मोहनसिंह विष्टका अनुसार स्थानीय बजारबाट दुई सय मिटर पर रहेको खोलामा गाडेको अवस्थामा शव भेटिएको छ। दार्चुलाका प्रहरी प्रवक्ता राजेश शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए। घटनाका दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै स्थानीयले दार्चुला(तिंकर सडकको सुनसेरामा खण्ड अवरुद्ध पारेका छन्।

प्रतिक्रिया दिनुहोस्

Array