सुर्खेतको सिम्तामा भोलि मतदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (क) को सिम्ताको एक मतदान केन्द्रमा स्थगित मतदान भोलि मंगलबार गर्ने निर्णय भएको छ ।

सिम्ता गाउँपालिका–६ स्थित बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्रमा प्रतिनिधिसभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको थियो ।

स्थगित मतदान भोलि बिहान ७ बजेदेखि सुरु हुने सुर्खेत क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले बताए ।

भोलि मतदान हुने भएपछि निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र आवश्यक कर्मचारी परिचालन गरिएको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array