स्याङ्जा २ को चापाकोटमा बुथ लुटिएको दावी; एमाले लगायतका दलद्वारा पुन:मतदानको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथ नेपाली कांग्रेसले कब्जा गरेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् । स्याङ्जामा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी गठन्धनबाहेकका उम्मेदवारले पुन: मतदान गर्न पुनः मतदानको माग गरेका हुन् ।

सत्तागठबन्धन बाहेकका दलले पुनः मतदानको मागसहित निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् । संयुक्त निवेदन दिनेमा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल रहेका छन् ।

- Advertisement -
Ad imageAd image

चापाकोट नगरपालिकाका ४ वटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ ।

स्याङ्जामा सरदर खसेको मत ५६ देखि ६१ छ, तर यहाँ ९९ प्रतिशतसम्म खसालिएको खसालिएको दावी उनीहरूले गरेका छन् । शुरक्षा संयन्त्र र प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्