काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका उमेदवार योगेश गौचन थकाली तीन हजार ९९२ मतसहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले बताएका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उमेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत पाएका छन् । यहाँ सात हजार २३० मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्