११ वाणिज्य बैंकद्वारा लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – हालसम्म ११ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । ३ वटा वाणिज्य बैंकले वार्षिक साधारणसभाबाट प्रस्तावित लाभांश स्वीकृति गरेका छन् भने ४ वटाले वार्षिक साधारणसभाको डाकेका छन्। बाँकी ४ वटा वाणिज्य बैंकले भने लाभांश घोषणा गरे पनि वार्षिक साधारणसभाको मिति तय गरिसकेका छैनन्।

वार्षिक साधारणसभा गरिसकेका बैंकहरुमा सिटिजन्स बैंक, कुमारी बैंक र एनसीसी बैंक छन्। त्यस्तै वार्षिक साधारणसभा तय गरेका बैंकहरुमा ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र सानिमा बैंक छन्।

वार्षिक साधारणसभाको मिति तय गर्न बाँकी बैंकमा भने बैंक अफ काठमाण्डू, मेगा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र प्रभु बैंक छन्। गत आर्थिक वर्षका लागि २० प्रतिशत बढी लाभांश घोषणा गर्ने बैंकहरुमा एभरेष्ट बैंक र बैंक अफ काठमाण्डू छन्। यी दुवैले क्रमशः कुल २०.६८ प्रतिशत र २०.९५ प्रतिशत लाभांश घोषणा गरेका छन्।

यसैगरी १० प्रतिशत बढी लाभांश घोषणा गर्नेमा ६ वटा बैंक छन् भने ३ वटा बैंकको लाभांश दर १० प्रतिशतभन्दा मुनि रहेको छ। अन्य वाणिज्य बैंकहरुले भने लाभांश घोषणा गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

Array