काठमाडौं १ को मतगणना सुरु, प्रकाशमान सिंह र रविन्द्र मिश्र बीच कडा प्रतिस्पर्धा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ले मतगणना सुरु भएको जनाएको छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको मतगणनामा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेश खरेल बीच प्रतिस्पर्धा भइरहेको छ ।

- Advertisement -
Ad image

यो क्षेत्रलाई हट सिटको रुपमा लिइएको छ । यस अघिको आम निर्वाचनमापनि रविन्द्र मिश्र थोरै मतान्तरले पराजित भएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्