बाजुरामा दुई समूहबीच हिजो भएको झडपमा परी थप एक जनाको मृत्यू भएको छ । गए साँझ भएको झडपमा घाइते भएका त्रिवेणी नगरपालिका ७ बस्ने एमाले कार्यकर्ता एवम् अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
उनको बयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो । यसअघि आइतबार दुई समूहबीचको झडपमा प्रहरीको गोली लागी सुरेन्द्र ऐडी (संजिव) को मृत्यू भएको थियो ।
झडपको क्रममा लुटिएको प्रहरीको इन्सास राइफल अझै फेला नपरेको प्रहरीले बताएको छ । राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्