नवलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा प्रदेशसभा समानुपातिक तर्फको मतदान शुरु भएको छ ।
देवचुली नगरपालिका वडा नम्बर ४ स्थित शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द भएको थियो ।
स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको समानुपातिक मतपेटिका जलाएपछि आइतवार केही समय मतदान कार्य रोकिएको थियो । उनलाई प्रहरीले २ किलोमिटर खेदेर पक्राउ गरेको थियो ।
प्रदेश समानुपातिक तर्फको मतदान मात्र रद्द गरी आजका लागि पुन: मतदान गर्ने निर्णय हिजोनै गरिएको थियो ।
अबेर साझसम्म लगाएर संघतर्फको प्रत्यक्ष समानुपातिक र प्रदेश तर्फको प्रत्यक्ष तर्फको मतदान हिजोनै गराइएको थियो


प्रतिक्रिया दिनुहोस्