कास्की-२ मा प्रतिनिधि सभातर्फ स्वतन्त्र पार्टी अग्रता स्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – निर्वाचन कार्यालय कास्की क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ वडा नम्बरबाट कोलपाटनको मतपेटिकाबाट गणना सुरु भएको हो ।

प्रतिनिधि सभा चुनावतर्फ ९ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलको अग्रता छ । उनले अहिलेसम्म ३ सय ८९ मत प्राप्त गरेका हुन्।

- Advertisement -
Ad imageAd image

त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले २ सय ११ मत, नेकपा समाजवादीका श्रीनाथ बरालले १ सय ४४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्वणराज पन्तले १ सय २ मत प्राप्त गरेका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्