विश्वकप फुटबल अन्तर्गतको पहिलो उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले २- ० ले पराजित गरेको छ । इक्वेडरका लागि खेलको १६ औ र ३१ औ मिनेटमा जर्सी नम्बर १३ का भ्यालेन्सियाले गोल गरेका थिए । भ्यालेन्सिया इक्वेडरका क्याप्टेन समेत हुन् ।
इक्वेडरले पहिलो गोल पेनाल्टी मार्फत गरेको थियो । कतारका गोलरक्षकले फौल गरेपछि पाएको पेनाल्टीलाई क्याप्टेन भ्यालेन्सियाले जाली चुमाए ।
त्यस्तै खेलको ३१ औ मिनेटमा आकर्षक हेडिंग गोल गर्दै भ्यालेन्सियाले अग्रता दोव्वर बनाए ।
त्यसपछि खेलमा कुनै गोल भएन र इक्वेडर २- ० ले विजयी भयो ।


प्रतिक्रिया दिनुहोस्