बाजुराको त्रिवेणीमा नगरपालिका वडा नम्बर–७ मा भएको कांग्रेस र एमाले कार्यकर्ताको झडपमा प्रहरीको इन्सास राइफल लुटिएको छ । इन्सास राइफल अझै फेला नपरेको प्रहरी श्रोतले बतायो । त्रिवेणी–७ स्थित मतदान केन्द्रमा साँझ ४.४० बजेबाट झडप सुरु भएको थियो ।
आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाउदा कम्तिमा एकजनाको मृत्यू भएको छ । प्रहरीको गोली लागेर २५ वर्षीय सन्दीप ऐडीको ज्यान गएको छ । सन्दीपको घटनास्थलमै मृत्यु भएको हो ।
झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन् । झडपमा त्रिवेणी नगरपालिका–७ बस्ने ३८ वर्षीय स्वयंसेवक पर्शुराम उपाध्याय, नेपाली कांग्रेसका प्रतिनिधि ३६ वर्षीय खड्कबहादुर ऐडी र ४८ वर्षका पूर्व वडा अध्यक्ष प्रेम बहादुर थापा घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस्