केहीबेर अघि सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो मत प्रतिशत केहि बढ्न सक्ने आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले भर्खरै पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो।
बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे यति मत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए। अझै केहि विवरण प्राप्त हुन् बाँकी रहेको र विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ।


प्रतिक्रिया दिनुहोस्