बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा भएको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडको मृत्यू भएको छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।
यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित, स्थानीय पर्शुराम पाध्याया र खडक अएडी घाइते भएका छन् । घाइते तीनै जनालाई अहिले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ । उक्त स्थानमा अहिले मतदान पनि रोकिएको छ।


प्रतिक्रिया दिनुहोस्