नवलपरासी पूर्वको देवचुली नगरपालिका-४ झाँक्रे स्थित शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रको एक मतपेटिका आगजनी भएको छ ।
प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले आगजनी गरेको आरोपमा स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ । आग्जनी गरेर भागेका भण्डारीलाई २ किलोमिटर टाढा सम्म खेदेर प्रहरीले पक्राउ गरेको स्थानीयले बताए ।
४ बजेर १२ मिनेटमा मतपेटिकामा आगलागी गरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्