बागलुङ जैमिनी ४ स्थित सर्ककुवा मतदान केन्द्रको बुथ जनमोर्चाले लुटेको एमालेको दावी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

बागलुङ क्षेत्र नम्बर १ को जैमिनी नगरपालिका वडा नम्बर ४ स्थित सर्ककुवा मतदान केन्द्रमा जनमोर्चा र नेकपा एकीकृत समाजवादीसमेतका कार्यकर्ताले बुथ कब्जा गरेको क्षेत्र नम्बर १ एमालेका उम्मेदवार सूर्य पाठकले सार्वजनिक गरेका छन् ।

पाठकका अनुसार, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’

- Advertisement -
Ad imageAd image

पाठकले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यसबारे जानकारी गराएको समेत जानकारी दिए ।  उनले  पुनः मतदान हुनुपर्ने माग समेत गरेका छन् ।

बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन्  ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्