रामेछापमा मतदान गरेर फर्केका दुई युवकमाथि निर्घात कुटपिट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवकमाथि कुटपिट भएको छ ।

मतदान गरेर मोटरसाइकलमा घर फर्किँदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना जनाको समूहले उनीहरूमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाध्यक्ष केदार कार्कीले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

घाइतेहरूको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरूको जिल्ला अस्पताल रामेछाप उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ । घटना के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए ।

घटनामा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरिएको र बाँकी ३ युवक फरार रहेको र उनीहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्