झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएका मतपत्र भेटिएको छ । १० जनाले मतदान गरिसकेपछि मतदान रोकिएको छ।
रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान रोकिएको हो।
प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र राखिएपछि समस्या आएर मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्