अपडेट : हुम्लाको सर्केगाड ३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा मतदान पुनः शुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

झडप भएपछि रोकिएको हुम्लाको सर्केगाड गाउँपालिका-३ को देवकोटा आधारभूत विद्यालय केन्द्रमा मतदान पुनः शुरु भएको छ ।

यस अघि भएको झडपमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको थियो ।

वारेसनामा विवादका कारण सत्ता गढबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array