बुथ लुट्न खोजेपछि दोलखा बैतेश्वर २ जनज्योती मावि पुतलीकाठमा मतदान रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा बुथ लुट्न खोजेपछि मतदान रोकिएको छ । बुथ लुट्ने प्रयास भएपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गरी मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि चार राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

अहिले  प्रहरी निरीक्षकको नेतृत्वमा थप एक दर्जन जनाको टोली खटेको छ । आजै बिहान दोलखाको तामाकोसी गाउँपालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा पनि तनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array