एमाले अध्यक्ष ओलीद्वारा मतदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैंलाई मत दिन नपाएका हुन् ।

तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array