पाल्पाको तानसेन ६ मा खसेका मत रद्द गरी फेरि मतदान गर्ने सर्वदलीय सहमति पछि मतदान शुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

मतपेटिका अदलबदल भएर बिबाद भएपछि रोकिएको पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा मतदान पुन: शुरु भएको छ । बिहान भएको मतदान रद्ध गरी फेरि मतदान गर्ने सर्वदलीय सहमति पछि मतदान शुरु भएको हो ।

यस अघि त्यहा ६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो । त्यसपछि त्यहाँ विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

Array