मोरङको बुढीगंगामा ठूलो आवाज सहित विष्फोट, मतदान स्थगित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa
bom

मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान मतदान केन्द्र भित्रै ठूलो आवाज सहित विष्फोट भएपछि मतदान स्थगित भएको छ ।

मतदान भइरहेको समयमा केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।

विष्फोटको आवाजसँगै लाइनमा रहेका मतदाताबीच भगदौड मच्चिएको थियो । मतदातामा भागदौड मच्चिएपछि मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले पटका पड्किएको र कुनै मानवीय क्षति नभएको वताएको छ ।

त्यहाँ मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको मतदान अधिकृतले वताए ।

प्रतिक्रिया दिनुहोस्

Array