तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि केन्द्रमा मतदान शुरु भएको छ । त्यहाँ अहिले साढे ९ बजेपछि मात्र मतदान शुरु भएको हो ।
प्रहरीले पक्राउ गरेका दुईजना एमाले कार्यकर्तालाई रिहा गर्ने सहमति पछि मतदान शुरु भएको छ ।
हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको थियो । त्यसको विरोधमा एमालेले मतदान सुरु गर्न दिएको थिएन ।


प्रतिक्रिया दिनुहोस्