तनहुँमा झडप : एमाले कार्यकर्ता पक्राउ, शुरु भएन मतदान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मा मतदान शुरू हुन सकेको छैन । प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि निर्वाचन शुरु हुन् सकेको छैन ।

हिजो बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो । झडपमा संलग्न दुईजना एमालेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खड्काले गोरक्षपोष्टलाई बताए ।

- Advertisement -
Ad imageAd image

एमालेको विजय सुनिश्चित हुने देखेपछि एमाले कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको एमालेले आरोप लगाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्